जुम्ला पनि डाइक्लोफेनेक मुक्त जिल्ला

मंसिर १८ ।जुम्लालाई पनि ३९ औँ डाइक्लोफेनेक मुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।जिल्ला कृषि विकास कार्यालय जुम्ला र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको संयुक्त आयोजनामा जिल्लास्थित सरोकारवालाको सहभागितामा जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो ।

यस अघि ३८ वटा जिल्लालाई डाइक्लोफेनेक जिल्ला घोषणा गरिएको छ । घोषणा कार्यक्रममा नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत भूपाल नेपालीले नेपालमा हाल नौ जातका गिद्ध अस्तित्वमा रहेको र पहिलेको तुलनामा नेपालमा पनि ९१ प्रतिशत गिद्ध घटेको जानकारी दिनु भयो ।

यसको संरक्षणका लागि ६ वटा जिल्लाका सातवटा ठाउँमा जटायु रेस्टुरेन्ट खोलिएको छ । जिल्ला वन अधिकृत हेमलाल अर्यालले विश्व सूचना र प्रविधिले मात्र नभई वातावरणीय दृष्टिले पनि एक गाउँ बनेको औँल्याउँदै पृथ्वीमा उत्पत्ति भएका पशुपक्षी र जीवात्मालाई संवेदनशील प्राणी मानवले सही प्रयोग गर्दा त्यसको राम्रै लाभ लिन सकिने बताउनु भयो । जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त कार्यालय गोविन्दबहादुर महतले पशु उपचारका लागि डाइक्लोफेनेक उत्पादन, बिक्री वितरण, आयात, निर्यात, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइसकेकाले त्यसो गर्ने जोकोहीलाई औषधि ऐन, २०३५ अनुसार ३ वर्ष जेल र पाँच हजार जरिवाना गर्ने प्रावधान रहेको उल्लेख गर्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु