नागरिक दैनिकको कार्यालयमा लागेको आगलागी नियन्त्रणमा

रमा सापकोटा । मंसिर १५ । नेपालको चर्चित पत्रीका नागरिक दैनिकको केन्द्रीय कार्यालयमा आगलागी भएको छ ।

काठमाण्डौको सुन्धारा स्थित कार्यलयको भुइ तल्लाको एक कोठामा चलिरहेको जेनेटर पड्किएर आगलागी भएको हो ।

घटना लगत्तै त्याँहा भएका सम्पादक,पत्रकार तथा प्रशासनका कर्मचारी भागेर सबै ज्यान जोगाउन सफल भएका छन । दमकलको सहायताले आगलागि नियन्त्रणको लागि ठुलो मात्रामा सुरक्षाकर्मी तथा वरपर रहेका मानिसहरु खटिरहेका छन ।

नागरिककी वरीष्ट पवित्रा सुनारले दिनु भएको जानकारी अनुसार ४:४५ तिर आगलागि नियन्त्रणमा लिइएको छ । आगलागि घटनाको बृस्तित विवरण भने आउनै बाँकी रहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु