बुँद रानालाई नेपाल गजल सम्मान

मङ्सिर १४ ।भीमदत्तनगर,महकाली गजल प्रतिष्ठानले ‘नेपाल गजल सम्मान’ गजलकार बुँद रानालाई प्रदान गरेको छ ।

महाकाली गजल प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव कार्यक्रममा रानालाई गजल वर्ष सम्मान–२०७१ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ वासुदेव भाइसाबले शनिबार प्रदान गर्नुभएको हो ।

समारोहमा यस वर्षको ‘महाकाली गजल सम्मान’ वीरबहादुर विश्रामलाई तथा ‘नेपाल गजल पुरस्कार’ पुष्प अञ्जलिलाई प्रदान गरिएको छ ।
त्यस्तै ‘गजल सञ्चार सम्मान’ पत्रकार विष्णु अवस्थीलाई प्रदान गरिएको छ ।

अवसरमा आयोजित गजल प्रतियोगितामा जलेन्द्र बोहरा मनोरञ्जन पहिलो, रामचन्द्र धामी दोस्रो तथा चिरञ्जीवी रदिफ तेस्रो भए भने सान्त्वना गणेश जोशीलाई दिइयो । समारोहमा निर्मल स्पन्दनको गजलसङ्ग्रह ‘चोट लुकाएर’ विमोचन गरियो ।प्रतिष्ठानले विगतका बर्षाहरुमा पनि यस्तो प्रदान गर्दै आएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु