विद्यालयलाई जग्गा दिएर ओडारमा बास

मंसिर १४ । धादिङ, वरिपरि वनमाराको बाक्लो झाङ । झाङभित्र एउटा सानो ओडार । त्यही ओडारमा गोपाल परियार विगत ६ वर्षदेखि रात बिताउँदै आउनु भएको छ । दिनभर अर्काको मजदुरी गर्ने गोपालले रात बिताउन भने हरेक दिन सोही ओडारको सहारा लिनुहुन्छ ।

सलाङ-५ निबुवाटारमा रहेको सो ओडार गोपालको आश्रयस्थल बनेको छ । गोपाललाई रात बिताउन त्यही ओडारै प्यारो लाग्छ । ‘भन्न त काम गरेको ठाउँमा बस्न भन्छन् । तर, चाँडै उठ्नुपर्छ । उनीहरुले हल्लीखल्ली गर्दा निद्रा पर्दैन,’ उहा भन्नुहुन्छ,दिनभर काम गरेकाले ज्यान दुखेको हुन्छ । त्यही भएर ओडारमा मस्त सुत्यो ।’
५७ वर्षका गोपाल खान भने काम गर्ने घरमै खानुहुन्छ। दिनभरि काम गरेबापत चार सय रुपैयाँ उहाको कमाइ हो । काम नगरेको दिन त्यही पैसाले खानुहुन्छ ।
गोपाल पहिला हुनेखाने नै हुनुहुन्थ्यो । गाउँमा उहाको जग्गा, जमिन र घरसमेत थियो । आफ्नो बाबुको मृत्युपछि परिवारमा आफू मात्र रहेकाले काकाबाले सम्पत्ति लुटेको उहाको आरोप छ । उहाले काकासँग मुद्दा लडेर दुई रोपनी जग्गा पनि पाउनु भएको थियो । उहाले सो जग्गामध्ये एक रोपनी स्थानीय पञ्चमुखी प्रावि (हालको मावि)लाई ०३७ साल तिरै दान गर्नु भएको छ ।
बाँकी जग्गा साहुले हडपेको उहाले बताउनु भयो । गोपालले जग्गा दान गरेको सो विद्यालयका प्रधानाध्यापक डिल्ली पाठकले समेत बताउनु भयो । उहाले भन्नु भयो, मैले स्कुल पढेदाताकै उनले जग्गा दान गरेका हुन् ।
उहाले विवाह गरेपनि विहे गरेको १५ महिनापछि श्रीमतीले छाडनु भएको थियो । त्यसपछि भौतारिएर बेसी झरेका हुन् । उहा बेसी झरेको २० वर्ष भइसकेको छ । तीन वर्ष पहिले मगरसमुदायले काम गर्न दिने बास पनि दिने भनेर लगेपनि गोपाल ओडारमै फर्कनुभयो । खान लगाउन दिएपनि काम गरेको ज्याला पाउन छाडेपछि ओडारमै फर्किएको उहाले बताए ।
अरु समयमा आनन्द भएपनि पानी परेको बेला भने आपत पर्ने उहाको अनुभव छ । पानी परेको बेला उहा छाता ओडेरै रात कटाउने गर्नु भएको छ ।नयाँ पत्रिकाबाट साभार ।

Comments

comments

सम्बन्धित शिर्षकहरु