साथसाथै हिड्न सके मात्र प्रगति सम्भव – मोदी

narendra-modiमङ्सिर १०, काठमाडौँ- काठमाडौंमा जारी १८औ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रको बिकाशका लागि सबै सदस्य रास्ट्र साथसाथै हिड्नु पर्नेमा जोड दिनुभएको छ ।

आज सिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले गरिबी, बेरोजगारी तथा उर्जा सार्क क्षेत्रको साझा समस्याहरु भएको बताउनुभयो । यी समस्या हाल गर्नका लागि भारत सबै सदस्य राष्ट्रहरु संग साथ् साथ् हिड्न चाहेको इच्छा व्यक्त गर्नु भएको हो ।

आतंकबाद बिरुद्द लड्न सबै एक हुनुपर्नेमा जोड दिदै मोदीले मुम्बईको ताज होटलमा भएको आतंकबादी आक्रमणको घाउ भारतले कहिल्लेई बिर्सन नसक्ने बताउनुभयो ।

प्रबिधिलाई बिकास संग जोड्नुपर्ने भन्दै उहाँले दैबी प्रकोप नियन्त्रण गर्न भारत सबैसंग हातोमालो गर्न तयार रहेको बताउनु भयो ।

साथसाथै मोदीले भारतमा उपचार गराउन आउने दक्षिण एशियाली मुलुकका जनतालाई फ्रि भिसा जारी गर्ने बताएका छन्।

 टीबी र एचआईभीको लागि क्षेत्रियरुपमा काम गर्न भारत तयार रहेको बताउँदै उनले भारतमा उपचार गर्न आउने क्षेत्रिय देशका नागरिकलाई तत्काल मेडिकल भिसा दिन भारत तयार बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु