सुरक्षा र अधिकार खोज्दै प्रधानमन्त्री नरेन्द्र मोदी पत्नी जशोदाबेन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी श्रीमती जशोदाबेन सरकारले उपलव्ध गराएको सुरक्षाका कारण अहिले तनावमा हुनुहुन्छ । र, उहा अहिले आफ्नो अधिकारका विषयमा जान्न चाहनुहुन्छ ।

जशोदाबेनले मेहसाणा प्रहरी अधिक्षकसँग आरटीआईको माध्यमबाट यो जानकारी माग गर्नु भएको हो । बीबीसीसँगको कुराकानीमा उहाले भन्नु भयो,”यदि मलाई सुरक्षा दिइएको छ भने अन्य अधिकार पनि दिनुपर्छ ।”
आफ्नो आरटीआई निवेदनमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको हवाला दिँदै उहाले आफूलाई आफ्नै सुरक्षा गार्डदेखि डर लाग्ने गरेको उल्लेख गर्नु भएको छ ।

यसअघि जशोदाबेनको नाम लोकसभा निर्वाचनताका चर्चामा आएको थियो । जब भडोदराबाट निर्वाचन लडिरहेका मोदीले आफूलाई पहिलोपटक विवाहित बताउनु भएको थियो । मोदीले जशोदाबेन आफ्नी श्रीमती भएको स्वीकार गर्नु भएको थियो ।

सेवा निवृत्त विद्यालय शिक्षिकाको जीवन बाँचिरहेकी जशोदाबेन गुजरातको इश्वरवाडा गाउँमा आफ्नो भाइसँग बसिरहनु भएको छ । आफ्नो आरटीआई निवेदनमा जशोदाबेनले उल्लेख गर्नुभएको छ । इन्दिरा गान्धीमाथि उहाकै सुरक्षा गार्डले आक्रमण गरेका थिए । उहालाई गोली हानी हत्या गरेका थिए । त्यही कारण मलाई मेरा बडीगार्डससँग डर लाग्छ । त्यसैले मलाई यसबारे सबै जानकारी चाहियो, उनीहरुलाई कुन आदेशमा मसँग राखियो….मलाई त्यसको प्रतिलिपी चाहियो ।”
बीबीसीसँगको कुराकानीमा जशोदाबेनले भन्नु भयो, “मलाई कुन सरकारी आदेशअनुसार सुरक्षा दिइयो । मलाई यो सुविधा किन प्राप्त भयो ? मलाई नियमअनुसार न्याय प्राप्त भएको छैन । यदि मलाई सुरक्षा दिइएको छ भने अन्य अधिकार पनि प्राप्त हुनुपर्छ ।”

जशोदाबेनले बीबीसीसँग भन्नु भयो, “मलाई सुरक्षा कवचका कारण धेरै समस्या हुने गरेको छ ।सरकारी बसमा यात्रा गर्छु, र मसँग रहने सुरक्षाकर्मी कारमा घुम्छन् । उनीहरुसँग हुँदा मलाई डर लाग्छ ।”
नरेन्द्र मोदीसँग कुनै कुराकानी भए नभएको विषयमा जशोदाबेन भन्नुहुन्छ, मैले पहिला उहालाई कयौपटक पत्र लेखेँ । तर, मैले कुनै जवाफ प्राप्त गरिनँ….यदि उहाले मलाई दिल्ली बोलाए म जान तयार छु ।
जशोदाबेनका भाइ अशोक मोदीले बीबीसीसँग भन्नु भयो कि उहाकी दिदीको सुरक्षामा पाँच जना गार्ड दुई सिफ्टमा तैनाथ रहन्छन् ।

उहाले भने–मेरी दिदीलाई सबै अधिकार प्राप्त हुनुपर्छ । सुरक्षा गार्डस गाडीमा घुम्छन्, दिदी सरकारी बसमा यात्रा गर्छिन् । मानिसहरु दिदीको मजाक उडाउँछन्। भिनाजु (नरेन्द्र मोदी) को बदनामी भइरहेको छ। एजेन्सी

 

Comments

comments

सम्बन्धित शिर्षकहरु