“साना किसानको स्थाइत्व निश्चित छ” :अध्यक्ष पाठक

कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा साना किसान बिकास बैँक लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले नेपालको कृषि पद्धती र साना किसानले भोग्नु परेका समस्याबारे असनेपाल न्युजसँग गर्नु भएको कुराकानी ।

कस्ता किसानलाई साना किसान भनेर बुझ्न सकिन्छ ?

सानो पूजी,सानो उत्पादन, सानो बजारको पहुच भएका किसानहरु नै साना किसान हुन । बिशेष गरी जग्गा जमिन कम भएका,आफ्नै उत्पादनले बर्षभरी खान नपुग्ने, जो शहर भन्दा बाहिर बस्छन । उनीहरुको कृषिसँग सरोकर राख्ने सरोकारवाला र राज्यसँग कम पहुँच हुने किसानलाई साना किसान भनिएको हो । तर अहिले किसान दाजुभाई दिदीबहिनीहरुले कृषिबाट ठुलो उत्पादन गरेर साना किसानको परिभाषा नै फेरिदिनु भएको छ । जे होस व्यवशायिकतातर्फ उन्मुख नेपालको कृषि व्यावशायलाई आम नागरिकसँग जोडेर आयत प्रतिस्थापन र आर्थिक समृद्धीका लागि सानोतिनो भएपनि आय आर्जनका कार्यमा संलग्न कृषक नै साना किसान हुन ।

यस्ता साना किसानहरुको स्थाइत्व र व्यावशायिक अभ्यास अगाडि बढाउन तपाईंहरुले के कस्तो पहल गरिरहनु भएको छ त ?

कृषि व्यावशायको थुप्रै विकल्प भएको देशमा कृषिको व्यापक क्षेत्रलाई व्यवस्थित गर्नु भनेको नै साना किसानको स्थाइत्व हो । गाँउका नागरिकलाई उकास्ने उद्देश्यले खोलिएको साना किसान बैँक तथा कृषि सहकारीहरु उनिहरुकै सहभागितामा सन्चालन हुने भएकोले यसको स्थाइत्व निश्चित छ कुनै चिन्ता छैन ।साना किसानलाई एकीकृत गरी आम नागरिकलाई यसका आवश्यकता महत्व र दिर्घकालिन उपलब्धीका ढोकाहरु खोल्ने काम साना किसान कृषि सहकारी केन्द्रीय संघले गर्दछ भने वित्तीय सहयोगका लागि साना किसान बिकास बैँक रहेकोले यसको स्थाइत्वमा कुनै समस्या छैन । आज सम्मको अवस्था हेर्दा साना किसानको सफलता पनि प्राप्त गरिसक्यौ ।नेपालमा अहिले अधिकांश कृषकहरु व्यवशायिक मानसिकताबाट प्रशिक्षित छन ।कुनै समय निर्वाहमुखी कृषिबाट अहिले साना व्यावशायिक अभ्यासमा लागेका छन । इलाम,झापा,बर्दिया,धादिङ,नवलपरासी कालेएकोट लगायतका साना किसानका व्यावशायिक अर्गानिक उत्पादन यसका राम्रो उदाहरण बनेका छन ।

साना किसानसम्म सूचना प्रविधीको पहुच कसरी पुर्याइन्छ ?

यो सन्दर्भ अती महत्वपूर्ण छ । नेपालको सन्दर्भमा अहिलेको खास चुनौतीको बिषय पनि यहि हो ।

नेपालमा अहिले परम्परागत कृषिकर्मबाटै आएका व्यक्त्तिहरुको बाहुल्यता छ । त्यसैले खास कृषि प्रविधीको ज्ञान नै नभै परम्परागत रुपमा गर्दै आएको अभ्यासलाई जोड दिएर कार्य गरेको देखिन्छ । जसले कृषकले राम्रो उत्पादन लिन सकेका छैनन । अब आम कृषकमा कृषि सम्बन्धी सैदान्तिक ज्ञानको आवश्यकता देखिन्छ । जुन साना किसान कृषि सहकारी केन्द्रीय सदस्यले आफ्ना नेटवर्कका सदस्यहरुमा सुरु गरेको छ । यस्तै पछिल्ला बर्षहरुमा सरकारले पनि यसमा केही पहलकदमी सुरु गरेको छ ।

साना किसानहरुले कस्तो प्रविधिक ज्ञान हासिल गर्ने मौका पाएका छन त ?

अहिले कृषि उत्पादन बढाउनको लागि विभिन्न यन्त्र उपकरणहरुको बिकास भएको छ । आधुनिक कृषि प्रविधीको बिकास भएको छ । बिउ बिजन र सुधारिएको बालीको बिकास भएको छ । त्यस्ता प्रविधीमा आधारित रहेर नेपालका कमै किसानहरुले अध्यास गरेको अवस्था छ । नेपालका आम नागरिक कृषि पेशामा कृषि पेशामा रहदै गर्दा प्रविधीको उपयोगलाई सहज र सहुलियत बनाउने हो भने अहिले आयात हुने अर्बौ कृषि उपज रोकेर हामी निर्यात गर्ने अवस्थामा पुग्न सक्छौ । हाम्रो पहल यही दिशामा केन्द्रित हुनेछ ।

साना किसानले के कस्ता समस्या झेल्नु परेको छ ?

नेपालमा अझै पनि प्रविधीको समस्या छन । प्रविधीलाई सहज रुपमा पुर्याउन पर्ने देखिन्छ ।नेपालमा अहिले हेर्दा मल र बिउको समस्या छ । लगानीको समस्या,बजार र सडकको समस्या कृषि औजार,ढुवानी साधन,सुलभ कर्जा सहज परामर्स, तत्काल प्रविधिक नपाईने,खेती बाली सखाप हुने समस्या अर्को नेपालको कृषकको मुख्य समस्या हुन । किसानलाई आवश्यक जानकारीको कमी,बजारको पहुच नहुने आदि कुरा समस्याका रुपमा रहेका छन ।

साना किसानलाई सहयोग गर्ने निकायहरु के के हुन ?

हो किसानहरु अहिले सहयोग,समर्थन र हौसलाको पर्खाइमा छन ।काम गर्ने तर तालिम,प्रशिक्षण,औजार,नँया नँया प्रविधीको बारेमा जानकारी दिने संस्थाका बारेमा जानकारी पाउन नसकेका किसान धेरै छन । अब नेपालमा सरकारी र गैरसरकारी निकायबाट विभिन्न सहयोगहरु आइरहेको हुन्छ ।तर त्यसको बारेमा जानकारी नहुँदा वास्तविक कृषकहरु सेवा लिनबाट बन्चित हुनु परेको अवस्था छ ।अहिले नेपालमा कृषि बिकास मन्त्रालय, कृषि विभाग कार्यालय,पशु निर्देशनालय,जिल्लामा कृषि बिकास कार्यालय,पशु सेवा कार्यालय,भेटनरीहरु सरकारले संचालन गरेको छ ।यस्तै एफ ए ओ,हिमाली आइफार्ड,फ्याक्ट लगायतका विभिन्न संघ सस्थाहरु कृषि क्षेत्रको व्यावशायिक बिकासका लागि काम गरिरहेका छन । जाहाबाट आम कृषकहरुले भरपुर फाईदा लिने प्रयास गर्नु पर्दछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु