कुनै हालतमा पनि राजिनामा दिन्न : अध्यक्ष थापा

मंसिर ८ । झापा,पद्मसुन्दर लावती समूहबाट राजिनामा गर्न दवाव आएको बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले कुनै हालतमा पनि राजिनामा नदिने बताउनु भएको छ ।
उहाले पार्टीका संस्थापक पद्मसुन्दर लावती समूहलाई नयाँ पार्टी खोलेर देखाउन चुनौति समेत दिनु भयो ।

पार्टीमा असन्तुष्ट लावती पक्षले हिजो थापालाई पद छाड्न २१ दिनको समयसीमा दिनु भएको थियो ।

‘मैले राजीनामा दिने कुरै आउँदैन,’ सोमबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले भन्नु भयो, “मलाई २१ दिने अल्टिमेटम दिनेहरुलाई इच्छा भए अर्काे पार्टी खोले हुन्छ ।”

पार्टीमा निरंकूृशता लादेको भन्दै लावती पक्षले कमल थापालाई सुध्रिन २१ दिनको म्याद दिएको थियो ।

नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गराउने उद्देश्यले जनमत तयार गर्न मेची अञ्चलका कार्यकर्ता भेटघाटका लागि झापा आउनु भएका थापाले ‘राप्रपा नेपाल सुदृढिकरण अभियान’ चलाउँदै आएका लावतिले अध्यक्ष थापा नसुध्रिए नयाँ शक्ति घोषणा गर्ने चेतावनी दिनु भएको हो ।

अध्यक्ष थापाले हाल चौथो शक्तिमा रहेको राप्रपा नेपाल अब पहिलो शक्ति बन्ने दाबी गरेका छन् । पत्रकार भेटघाटमा थापाले कांग्रेस, एमाले र एमाओवादीप्रति जनताको वितृष्णा बढेकोले अब राप्रपा नेपाल सबैभन्दा ठूलो दल हुने दाबी गरेका हुन् ।

राप्रपा नेपालले उठाएका हिन्दू राज्य स्थापना लगायतका विषय समावेश नभए जनताले नयाँ संविधान नस्वीकार्ने उनले चेतावनी समेत दिनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु