टी–ट्वेन्टी क्रिकेटमा हङकङले नेपाललाई हरायो

मंसिर ८ ।काठमाडौ, श्रीलंकाको कोलम्बोमा भएको टी–ट्वेन्टी क्रिकेटमा हङकङले १९ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै ७३ रन बनाएर नेपाललाई हराएको छ ।

नेपालले दिएको ७२ रनको झिनो लक्ष्य पच्छ्याएको हङकङले ७३ रन बनाएपछि नेपालविरुद्द जित निकालेको हो ।
हङकङलाई जित दिलाउने क्रममा अनस खान र अजिज खानले समान २१/२१ रन बटुल्न सफल भए ।

हङकङका अन्य खेलाडीलाई नेपाली बलरले दोहोरो स्कोर गर्न नदिएपनि यी दुई खेलाडीलाई रोक्न नसक्दा नेपाल पराजित भएको हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७२ रन बनाउन सफल भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४२ रन बनाउन सफल भएपनि अन्य कुनै खेलाडीले दोहोरो स्कोर गर्न नसक्दा नेपाल पराजित भएको हो ।

नेपालका नरेश बुढा ऐर, शक्ति गाचन र ज्ञानेन्द्र मल्लले समान ५ रन जोडेर आउट भए । ओपनरहरु सुवास खकुरेल र सागर पुन समान २
रनमा आउट भए ।
बसन्त रेग्मी ३ र अमृत भट्टरार्इ २ रनमा आउट भए । त्यसैगरी विनोद भण्डारी र राजेश पुलामीले समान १ रन जोडेर आउट भए ।

हङकङका लागि तनबीर अफजल, इरफान अहमद, अनस खान र नदिम अहमदले समान २/२ विकेट लिए । हासिद अमजदका नाममा एक विकेट रह्यो ।
यसअघि श्रीलंकामै हुने भनिएको यी दुर्इ देशबीचको ३ वटा श्रृ‌खलाको टी-ट्वेन्टी र वान डे पानीले गर्दा रद्द भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु