सुरक्षा गार्डलाई गोली हानेर एसबिआई बैंकबाट २० लाख लुटपाट

मङ्सिर २ ।रौतहट,अज्ञात समूहले सुरक्षा गार्डलाई गोली हानेर चन्द्रपुर नगरपालिका-१ स्थित नेपाल एसबिआई बैंकबाट आज रु २० लाख लुटेर लगेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार दुईवटा पल्सर मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले बैंकबाट रकम झिकेर भर्याङ हुँदै तल झर्ने क्रममा अपराह्न १ बजे सुरक्षा गार्ड टेकबहादुर कार्कीलाई गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट सख्त घाइते भएका कार्कीको हाल चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । आइडी बैंककै अर्का कर्मचारी प्रल्हाद रिजाल सकुशल रहनु भएको छ ।
प्रहरीले लुटेराले प्रयोग गरेको नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल घटनास्थलदेखि केही माथि फेला पारेको छ ।

सो रकम लुटेका व्यक्तिहरु राजमार्गदेखि उत्तरतर्फ भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा शङ्कास्पद स्थानमा जाँच भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सिन्धुली पिपलमाडी गाविस–१ चैनपुर बस्ने नारायण राईलाई प्रहरीले पक्राउ गरेको छ । जवाफी कारबाहीमा उनको पेटमा गोली लागेको छ ।

उनीहरुले प्रयोग गरेको बा६२प ९४१८ नम्बरको रातो पल्सर र बा३९प ६९३३ नम्बरको नीलो पल्सर प्रहरीले बरामद गरेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु