तीस प्रतिशतले अझै शौचालय प्रयोग गरेका छैनन

मङ्सिर २ ।काठमाडौँ, नेपाललाई खुला दिशामुक्त घोषणा गरिने अभियान अन्तर्गत कुल जनसङ्ख्याको ३० प्रतिशत जनताले शौचालयको प्रयोग गरेका छैनन ।

खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेको बताउनुभयो । विसं २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिनुभयो ।

पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले शौचालयको अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागु गर्नुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक शौचालयको अभावले सहरवासीले मानसिक कष्ट भोग्नुका साथै विभिन्न रोगबाट पीडित हुनुपरेको छ भन्नुभयो ।

सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

भोलि विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विश्व शौचालय दिवस सरोकारवाला सङ्घसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु