मनपरेकी केटिले अर्कै केटा रोजेपछि एक किशोरद्वारा जिउमा आगो लगाई आत्महत्या

मंग्सिर १, काठमाडौँ- आफुले मन पराएकी युवतीले अर्कै केटालाई मन पराएर आफुलाई बेवास्ता गरेपछि भक्तपुरका एक किशोरले आफ्नै जिउमा आगो लगाएर आत्महत्या गरेका छन्  ।

नयाँ बानेश्वरको एपेक्स कलेजमा स्नातक पढ्दै गरेका भक्तपुर लोकन्थलीका १९ वर्षिय आशिष उप्रेतीले आफैँ आगो लगाएर आत्महत्या गरेका हुन्। एकतर्फी प्रेमबाट निरस उनले काभ्रेमा पुगी आफ्नै ज्यानमा आगो लगाएका थिए ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उप्रेतीको लाश जलेको अवस्थामा काभ्रे गाउँ विकास समिति–९ स्थित बजगाँईडाँडाँ(धुलिखेल देविस्थान नजिकै) सोमबार बिहान फेला परेको हो।

सोमबार बिहान साढे ६ बजे कलेज जानको लागि घरबाट निस्केका आशिषले काभ्रे आएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले धुलिखेल देवीस्थान नजिकै चौरमा रहेको बा ५९ प ७७५६ नम्बरको मोटरसाईकल र लाइसेन्सको आधारमा मृतक युवकको परिवार पत्ता लगाएको थियो। घटनास्थल र मोटरसाईकलको दुरी करिब डेढ किलोमिटरको फरक रहेको प्रहरीले जनाएको छ।

उप्रेतीले आफ्नै मोटरसाईकलको पेट्रोल निकालि आफ्नो शरिरमा छर्किएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु