तेस्रो राष्ट्रिय कर दिवस मनाइँदै

मंसिर १ ।काठमाडौ, आज कर दिवस, सरकारी तथा गैरसरकारी क्षेत्रले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन ।

करदाता मैत्री कर प्रशासन, समृद्धि र सुशासन भन्ने नारासहित आज यो दिवस मनाउन लागिएको हो ।

सरकारले २०५४ साल मंसिर १ गते भ्याट लागु भएको दिनलाई स्मरण गर्दै मंसिर १ गते कर दिवस मनाउँदै आएको छ ।

करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म पुर्याउने जस्ता जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

दिवसको अवसरमा आज राजधानीमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाको पनि सहभागिता हुने विभागले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु