भारतमा बन्ध्याकरणमा मृत्युपछि मुसाको विषयुक्त औषधिविरुद्ध चेतावनी

भारत,भारतका एक वरिष्ठ अधिकारीले आइतबार मुसाको विष फेला परेको भनिएको एक ‘एन्टिबायोटिक’ खरिद नगर्न चेतावनी दिएका छन् ।
यसै विषका कारण बन्ध्याकरण गराएका १३ महिलाको मृत्युभएको ठानिएको छ ।

छत्तीसगढ राज्यको स्वास्थ्य विभागका प्रमुख सचिव आलोक शर्माले स्थानीय कारखानामा उत्पादन भएको र गत साता ती महिलाको मृत्युभएपछि प्रतिबन्ध लगाइएको ‘सिप्रोफ्लोक्सासिन’ चक्कीका विषयमा जनचेतना जगाउन आइतबार आमसञ्चारलाई आग्रह गर्नुभएको हो ।

शुक्लाले उक्त औषधि निजीस्तरमा उपलब्ध भएकाले त्यसबाट थप दुर्घटना हुननदिन जनतालाई त्यस विषयमा सूचना उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले बन्ध्यकरणको समयमा जिन्क फोस्फाइड विरामीलाई उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

उहाँले बन्ध्याकरण नगरिएका तर स्थानीय रूपमा सो औषधि उपभोग गरेका अन्य नौ व्यक्तिमा पनि यस्तै लक्षण देखिएको बताउनुभयो ।

जिन्क फोसफाइड मुसाको विषको रूपमा सामान्य रूपमा उपयोग गरिन्छ । सामूहिक बन्ध्याकरण शिविरमा यस महिना गरिब महिलालाई ती औषधि दिइएको बताइएको छ । एएफपी

Comments

comments

सम्बन्धित शिर्षकहरु