नेपाली पर्वतारोही संजय पण्डित उल्टो हिडेर अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल चढ्ने

कात्तिक २८, काठमाडौँ- नेपालका संजय पण्डितले अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल माउन्ट कोस्चिउस्को उल्टो हिडेर चढ्ने हुनुभएको छ । sanjaya pandit

पर्वतारोही तथा म्याराथुन धावक पण्डितले उल्टो यात्रा मार्फत माउन्ट कोस्चिउस्को आरोहण गरेर विश्व रेकर्ड राख्ने हुनुभएको हो । उक्त हिमाल समुन्द्र सतहदेखि २२२८ मिटर अग्लो छ । पण्डित ७ वटै महादेशमा रहेका अग्ला हिमाल आरोहण गर्ने अभियानमा हुनुहुन्छ ।

यो भन्दा अगाडी पण्डितले युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रसको चुचुरोमा ६ मिनट ३ सेकेन्डसम्म अर्ध नग्न अबस्थामा रहेर विश्व रेकर्ड राखिसक्नु भएको छ । स्मरण रहोस माउन्ट एल्ब्रसको चुचुरोमा तापक्रम माइनस ६० डिग्री सेल्सियस हुन्छ 

पण्डितलाइ नेपालको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा अवार्डबाट समेत सम्मानित गरिसकेको छ 

Comments

comments

सम्बन्धित शिर्षकहरु