किरात जनवादी वकर्सका एक कार्यकर्ता पक्राउ

कात्तिक २४ । झापा,प्रहरीले झापाको सतासीधामबाट आज किरात जनवादी वकर्स पार्टीका एकजना कार्यकर्तालाई पक्राउ छन ।

पक्राउ पर्नेमा सतासीधाम–३ माइधरा निवासी ५० वर्षीय चन्द्रइजम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले घरैबाट बिहान पक्राउ गरेको बताइएको छ ।

गत कात्तिक १६ गते ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालय नजिकै र १९ गते इलाका प्रहरी कार्यालय मोरङ नजिकै रहेको पथरी बजारमा बम विस्फोटनमा उनी संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रहरीले लिम्बूबाट किरात जनवादी वकर्स पार्टीको दस्तावेजसहित महत्वपूर्ण काजजातसमेत बरामद गरेको जनाएको छ ।

उनलाई पूर्र्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक राजकुमार वैद्यको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु