कांग्रेस र एमालेको प्रस्ताव बृहद शान्ति सम्झौता विपरित :अध्यक्ष प्रचण्ड

कात्तिक १८ ।पाँचथर,एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको प्रस्ताव बृहद शान्ति सम्झौता, १२ बुँदे सहमति र अन्तरिम संविधानको मर्मविपरीत रहेको भन्दै फिर्ता लिन आव्हान गर्नु हो ।

उहाले कांग्रेस र एमालेले पेश गरेको सात प्रदेशको अवधारणा फिर्ता लिएर सहमतिमा संविधान जारी गर्ने ढोका खुला गर्नुर्पे बताउनु भएको छ।

पाँचथर सदरमुकाम फिदिममा २२ दलीय गठबन्धनले गरेको गरेको खुला सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रस्तावले कांग्रेस र एमाले संघीय लोकतात्रिक गणतन्त्रको पक्षमा नरहेको पुष्टि गरेको भन्दै अध्यक्ष प्रचण्डले दुई दलले प्रश्ताव फिर्ता नलिए उनीहरुलाई राज्य र संविधानसभामा बसिरहने संवैधानिक र राजनैतिक अधिकार अन्त्य हुने बताउनुभयो।

उनीहरुको प्रस्तावको सार १४ अञ्चललाई घटाएर ७ मा झार्ने र ५ विकास क्षेत्रलाई बढाएर ७ वटामा पुर्याउने मात्रै भएको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुको प्रस्तावमा पहिचान र संघीयता नझल्किएको बताउनुभयो ।

उहाँले प्रस्तावलाई “गधाको खोल लगाएको मान्छे” को संज्ञासमेत दिनुभयो । अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले पेश गरेको सात प्रदेशको प्रस्ताव कार्यन्वयन भए ती सबै सम्झौता उल्लंघन हुने बताउनुभयो ।

सात प्रदेशको प्रस्ताव फिर्ता नलिने हो भने दुवै दलको राज्य र संविधानसभामा बस्ने संबैधानिक र राजनैतिक अधिकार समाप्त हुने भन्दै अध्यक्ष प्रचण्डले त्यसपछि सत्ता सञ्चालन र संविधान निर्माणको जिम्मा २२ दलले लिन्ने बताउनुभयो ।

कार्यक्रममा मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस र एमालेले सहमतिको ढोका बन्द गरेर दुई तिहाई बहुमतका आधारमा संविधान जारी गर्न खोजेको आरोप लगाउँदै त्यसो गरिए आफुहरुलाई मान्य नहुने बताउनुभयो ।
मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काङ्रेस र एमालेलाई गठबन्धन विरोधीहरुको संज्ञा दिँदै ती दलबाट पहिचान र संघीयतासहितको संविधानको अपेक्षा नगर्न आग्रह गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु