संवाद समितिको बैठकमा कुनै सहमति भएन

कात्तिक १८ ।काठमाडौ,संविधानसभा अन्तर्गत संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा आजपनि दलहरुबीच सहमति हुन सकेन ।
नेपाली काङ्ग्रेस र नेकपा एमालेले ७ प्रदेशसहितको साझा प्रस्ताव हिजोको संवाद समितिको बैठकमा प्रस्तुत गरेपछि एकीकृत माओवादीलगायत मधेसवादी दलहरुले दुई दलको प्रस्ताव संविधानसभामा पठाउन नहुने अडान लिएका छन् ।

भावी संविधानका विवादित विषयमा संविधानसभालाई पठाउने प्रतिवेदनको रुवरुपको बारेमा छलफल गर्न बसेको काङ्ग्रेस-एमालेले भने राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणालीको बारेमा विवाद कायमै राखेर पूर्वनिर्धारित मितिमा संविधान जारी हुन नसक्नेभन्दै आफूहरुको प्रस्तावको बारेमा संविधानसभामा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

बैठकपछि समिति सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणको कुरामा हतारमा गलत निर्णय गरेर द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताउनु भएको छ ।

संविधानसभाबाट संविधान बनाउने कुरा विगतको द्वन्द्वको व्यवस्थापन गर्ने कुरा पनि भएकाले हतार नगरी केही समय लिएर द्वन्द्वलाई स्थायीरुपले समाधान गर्ने नै कोशिस गर्नुपर्ने बताउनुभयो ।

सभापति भट्टराईले समितिको बैठकमा छलफल चलिरहेको र छलफल नटुंगिएको बताउनुभयो ।

असहमतिका विषयमा कात्तिक १६ गते प्रश्नावली बनाएर पेस गर्न संविधानसभाले संवाद समितिलाई निर्देशन दिए पनि समितिले भने सहमतिको संभावना रहेको दावी गर्दै बैठकलाई निरन्तरता दिइरहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु