सुन चाँदीको मुल्य घट्यो

कात्तिक १६ । काठमाडौं,अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य घटेको कारण आज सुन तोलामा ५०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ तोलाको ५० हजार रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेपछि स्थानिय बजार पनि प्रभावित भएको हो ।

स्थानिय बजारमा सुनको भाउ केही दिन यता निरन्तर घटिरहेको छ ।

गत शुक्रबार सुन तोलामा ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

विज्ञहरुले अझै केही दिन सुनको भाउ घट्ने क्रम जारी रहने अनुमान गरेका छन् ।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागिरहेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँ घट्दै ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

गत शुक्रबार चाँदी एकैदिन तोलामा २७ रुपैयाँ घटेर ६ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु