प्रज्ञा प्रतिष्ठानले नेपाली स्रष्टाहरुलाई परिचय पत्र प्रदान गर्ने  

कातिक १३, काठमाडौँ-  नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली स्रष्टाहरुलाई परिचय पत्र प्रदान गर्ने भएको छ  । बिहिबार बसेको प्राज्ञ परिषदको  बैठकले नेपाली स्रष्टाहरुलाई परिचय पत्र प्रदान गर्ने निर्णय गरेको हो  । Academy

नेपाली स्रष्टाहरुलाई परिचय पत्र प्रदान गर्न बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको बैठकले साहित्यकार प्राज्ञ मात्रिका पोखरेलको संयोजकत्वमा तीन सदस्सीय समिति निर्माण गरेको छ । गठित समितिको सदस्यहरुमा क्रमश: श्रवण मुकारुङ र नर्मदेश्वरी सत्याल रहनु भएको छ |

यसैबीच नेपाली स्रष्टालाई परिचय पत्र प्रदान गर्ने प्रज्ञा प्रतिष्ठानको निर्णयप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले खुशी ब्यक्त गर्दै निर्णयको स्वागत गरेको छ  | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर का अध्यक्ष तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीद्वारा जारि बिज्ञप्तिमा प्रतिष्ठानको सो निर्णय प्रति खुशी व्यक्त गरिएको हो 

Comments

comments

सम्बन्धित शिर्षकहरु