काभ्रेमा चट्याङबाट ६ महिनामा १९को मृत्‍यु

कात्तिक ११ । काभ्रे,चट्याङको उच्च जोखिममा रहेको काभ्रेपलान्चोक जिल्लामा गएको ६ महिनामा चट्याङका कारण १९ जनाको मृत्यु भएको छ ।

गएको ६ महिनामा काभ्रेमा चट्याङका कारण १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

काभ्रेको महाभारत पर्वत शृखलाआसपासका बस्ती चट्याङको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।

काभ्रेसँग जोडिएको मकवानपुर महाभात पर्वत शृंखलामा अवस्थित केही गाविसका बासिन्दाको समेत चट्याङ लागेर मृत्यु भएको छ ।

गत २४ जेठमा चट्याङले महाभारत पर्वत शृंखलामा अवीस्थत डाँडापारि क्षेत्रमा एकै दिन चारजनाको मृत्यु भएको थियो ।

यो पर्वत शृंखलामा काभ्रेका १०, मकवानपुरका पाँच, सिन्धुलीका र रामेछापका दुई/दुई गाविस पर्छन । यी गाविसमा वर्षाको समयमा चट्याङ परिरहने हुनाले ठूलो जनधनको क्षति हुने गरेको छ ।

काभ्रेको मिल्चे गाविस-२ का दरसुर मोक्तानले डाँडाँपारि क्षेत्रमा चट्याङ पर्न थाल्दा विद्युतको मुख्य स्विच बन्द गरेर काम गर्ने गरेको बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु