मधेशी समुदायको हित विपरित मधेसी नेता :नेतृ आशा यादव

कात्तिक ९ । सप्तरी, नेकपा एमाले नेतृ तथा सभासद आशादेवी यादवले मधेसवादी दलहरु कुर्सी मोहमा अल्झेको कारण मधेशी समुदायको हितमा काम गर्न चुकेको बताउनु भएको छ ।

घोषिन यादव उत्थान मन्चले राजविराजमा आयोजना गरेको कार्यक्रममा उहाले यतिबेला मधेशवादी दलहरु मधेशमा साम्प्रदायिक सदभाव बिथोल्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

सभासद यादवले मधेशवादी भनिएका दलहरुले मधेशी जनतालाई सत्ताको भर्‍याङमात्र बनाउने र समाजिक सद्भाव बिथोल्ने काम गरेको भन्दै उनले एमालेले मात्रै मधेशको सही प्रतिनिधित्व गर्ने दावी गरिन् ।

मधेशमा यादव अन्तर्गतको घोषिन जनसमुदाय धेरै नै पछाडि परेको उल्लेख गर्दै उनले यस्ता विषय मधेशी दलका एजेण्डामा कहिल्यै नपरेको बताइन् ।
मधेशमा केही टाठाबाठाले मधेशी जनताको नाममा लुट मच्चाएको उनले आरोप समेत लगाउनु भयो .

कार्यक्रममा सभासद आशा यादवसहित घोषिन यादव समुदायका पत्रकार अरुणकुमार यादवलाई सम्मानित गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु