वाशिङटन पोष्टका सम्पादक बेन ब्राडलीको निधन

कात्तिक ५ ।न्युयोर्क,अमेरिकाबाट प्रकाशित हुने वाशिङटन पोष्टका सम्पादक रहेका पत्रकार बेन ब्राडलीको निधन भएको छ ।

विश्वको पत्रकारिता जगतमा बहुचर्चित मानिने वाटरगेट काण्डका समयमा वाशिङटन पोष्ट पत्रिकाको सम्पादक रहेका ब्राडलीको ९३ बर्षको उमेरमा निधन भएको हो ।

ब्राडलीकै सम्पादनमा निस्कने वाशिङटन पोष्ट पत्रिकामा राष्ट्रपति रिचार्ड निक्सनसमेत संलग्न रहेको वाटरगेट काण्ड प्रकाशित भएपछि सन् १९७४ मा निक्सनले राष्ट्रपति पद गुमाउनु परेको थियो ।

अमेरिकी इतिहासमा कुनै आरोपका कारण पद गुमाउन परेका एकमात्र राष्ट्रपति निक्सननै हुन्, जसले वाटरगेट काण्डपछि पद छोड्नु परेको थियो ।
रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको ३७ औं शक्तिशाली राष्ट्रपति बनेका उनले वाटरगेट काण्डमा संलग्नता पुष्टिसँगै संसदबाट महाभियोग लाग्ने भएपछि राजीनामा गरेका थिए ।

पत्रकार ब्राडलीको निधन सामान्यरुपमा आफ्नै निवासमा भएको पारिवारिक श्रोतले जनाएको छ ।

ब्राडलीले आफू सम्पादक रहेको समय सन् १९६८ देखि ९१ मा वाशिंङ्गटन पोष्टलाई अमेरिकाको एक सम्मानित पत्रिकाका रुपमा स्थापित गरेका थिए ।
सन् २०१३ मा उनलाई अमेरिकाकै सम्मानित नागरिक सम्मान प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम प्रदान गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु