अस्ट्रेलियाका पुर्ब प्रधानमन्त्री व्हीटलामको ९८ बर्षको उमेरमा निधन

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/gough

कात्तिक ४ , सिड्नी- अस्ट्रेलियाका पुर्ब प्रधानमन्त्री गौफ व्हीटलामको ९८ बर्षको उमेरमा सोमबार निधन भएको छ ।  उहाका छोराछोरी एन्टोनी, निकोलास, स्टेफान र क्यथारिन्ले एक बिज्ञप्ति जारि गरि उक्त जानकारी दिएको अलजजिरा अनलाइनले बताएको हो।

व्हीटलाम अस्ट्रेलियाको व्यापक बिकाश भएको समयमा देशलाई नेतृत्व दिने नेताको रुपमा चिनिनु हुन्छ । उहाले सन् १९७२ मा सुधारबादी पार्टी अस्ट्रेलियन लेबर पार्टीलाई अस्ट्रेलियाको इतिहासमै पहिलोपटक शक्तिमा ल्याउन सफल हुनुभएको थियो 

उहालाई सन् १९७५ मा अस्ट्रेलियाको तत्कालिन राज्य प्रमुख तथा बेलायती राजसंस्थाका प्रतिनिधि गभर्नर जनरल सर जोन केर ले सत्यच्युत गरेका थिए । अस्ट्रेलियाको इतिहासमा निर्वाचित सरकारलाई  गबर्नर जनरलले बर्खास्त गरेको यो मात्र एउटा घटना हो । 

सत्तामा जम्मा ३ बर्ष मात्र बस्न पाएको भएता पनि व्हीटलामले अस्ट्रेलियाको आर्थिक र संस्कृतिक बिकासमा ल्याएको ब्यापक सुधारका कारण उहालाई अस्त्रेलियाकै इतिहासमा सबै भन्दा सम्मानित नेताको रुपमा हेरिन्छ ।

व्हीटलामले खासगरी बिस्वबिध्यालय शिक्षालाइ  निशुल्क बनाउनुका साथै भियतनामबाट आफ्ना सेना फिर्ता मात्र ल्याउनु भएन अस्ट्रेलियाको मत हाल्न पाउने उमेरलाई समेत १८ बर्षमा झार्नुभयो । यसका साथसाथै उहाले अस्ट्रेलियामा मृत्यु दण्डको प्राबधान हटाउदै एकल अभिभाबकलाई राज्यको कल्याणकारी कोषको दायरामा ल्याउदै डिभोर्स कानुनलाई समेत सुधार गर्नुभएको थियो । व्हीटलाम चाइना भ्रमण गर्ने पहिलो अस्ट्रेलियाली नेता समेत हुनुहुन्छ । 

Comments

comments

सम्बन्धित शिर्षकहरु