घन्टाघरबाट खसेर एक युवतीको मृत्‍यु

कात्तिक ३ ।सुनसरी, जिल्लाको धरानस्थित घण्टाघरबाट खसेर २१ वर्षीया युवतीको मृत्यु भएको छ । विवाह गरेको तीन दिनपछि मोरङको कोसी हरैचा नगरपालिका-९ बाट धरान घुम्न आएकी हेमन्ती मगरको खसेर मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

पति तामबहादुर मगरसँगै आइतबार धरान घुम्न आएकी हेमन्तीको घन्टाघरबाट धरानको दृश्य अवलोकन गर्ने क्रममा माथिल्लो तलाबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार मगर परम्परा अनुसार विवाह गरेकी हेमन्ती पतिसँग घुम्न आएकी थिइन् । घन्टाघर प्रबेश गर्न टिकट काटेर पतिसँगै घन्टाघर चढेकी हेमन्ती केहीबेरमै खसेकी थिइन् । घन्टाघरमा अन्य दुईजना पनि थिए ।

हेमन्तीले आत्महत्या गरेको हो वा हत्या भएको हो खुल्न नसकेपछि घन्टाघरबाट हेमन्तीका पति तोमबहादुरसहित अन्य दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु