प्रहरी महिला टोलीद्वारा सुदूरपश्चिम महिला फुटबल टोलीलाई पराजित

असोज २८ ।काठमाडौँ,प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल प्रहरी महिला टोलीले सुदूरपश्चिमाञ्चल महिला टोलीलाई १५–० गोल अन्तरले पराजित गरेको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा आजै सम्पन्न दोस्रो खेलमा पूर्वाञ्चल महिला टोलीले मध्यमाञ्चल महिला टोलीलाई ८–१ को गोल अन्तरले पराजित गरेको छ ।

यसैगरी, सोही प्रतियोगिताअन्तर्गत यही असोज ३० गते भारत विहारको महिला टोली र पूर्वाञ्चल महिला टोलीबीच पहिलो तथा भारतकै
सिक्किमको महिला टोली र सशस्त्र प्रहरी महिला टोलीबीच दोस्रो खेल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु