बालिका दिवस मनाइँदै

असोज २५। काठमाडौं,आज विश्व बालिका दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदै छ ।

महिला हिंसा बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न बालिकाको उमेरदेखि नै सुरक्षा गर्ने उद्देश्यका साथ सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घको पहलमा सो दिवस मनाउन लागिएको हो ।

नेपालमा ‘बालिकाहरू सशक्त बनाऔँ बालिकामाथि हुने हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइँदैछ ।

हरेक वर्ष विश्वभरि नै अक्टोबर ११ तारिखका दिन सो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले देशभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु