काठमाडौँमा बन्ने भो ८ अर्बको लगानीमा ५ तारे होटल: एनआरएन शेष घलेको लगानी हुने

असोज २४, काठमाडौँ- गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ले काठमाडौँमा करिब ८ अर्बको लगानीमा ५ तारे होटल निर्माण गर्ने भएको छ । सन् २०१८ बाट संचालनमा आउने भनिएको होटलको भोलि शिल्यानस गर्ने कार्यक्रम छ ।SHERATON-KATHMANDU_FRONT-FACE

एमआईटीको लगानीमा काठमाडौंको कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ। १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लबिसहित १३ वटा तलामा गेष्टरूम हुनेछन्।

होटलमा २१८ वटा गेष्टरुम र सुइट रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तरराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ।

बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने छ जुन काठमाण्डौमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।

 मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको एमआईटी ग्रुप होल्डिङ्सले सेराटन होटल चेन होटलका रुपमा विश्वका अन्य मुलुकमा पनि संचालन गर्दै आएको छ ।

एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न ब्यबसायिक भवनहरुको स्वामित्व छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु