संवाद समिति अन्तर्गतका उपसमितिको म्याद असोज मसान्तसम्म थप

असोज २० ।काठमाडौ,संविधानसभा अन्तर्गत रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतका उपसमितिको म्याद थप गरिएको छ ।

आज बसेको समितिको बैठकमा प्रारम्भिक वार्ता उपसमिति र विवाद समाधान उपसमितिको म्याद थप गरिएको हो ।

बैठकमा प्रारम्भिक वार्ता उपसमितिका सदस्य धर्मनाथप्रसाद शाहले उपसमितिको म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो ।

उक्त प्रस्तावमाथि छलफल गरी प्रारम्भिक वार्ता उपसमितिको म्याद असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो ।

त्यस्तै विवाद समाधान उपसमितिका संयोजक लक्ष्मणलाल कर्णको पनि उपसमितिको म्याद थपको प्रस्तावलाई पारित गर्दै समितिले असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, तत्कालीन राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समिति र राज्यको शासकीय स्वरुप निर्धारण समतिको असहमतिका विषयहरु र तत्कालीन व्यवस्थापिकीय अंगको स्वरुप निर्धारण समिति, संबैधानिक समिति, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति

र न्याय प्रणाली समिति सम्बद्ध विषयहरुमा विवाद समाधन उपसमितिले गरेका सहमति सम्बन्धी प्रतिवेदन,२०७१ माथि आजको बैठकमा छलफल भएको व्यवस्थापिका संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु