बडादशैं शुरु: आज घटस्थापना

असोज ९, काठमाडौँ- हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । बडा दशैं अन्तर्गत नवरात्रिको पहिलो दिन आज घटस्थापनाको दिन हो । आज घर घरमा घटस्थापना गरि शुभारम्भ गरिदै ।

बिजया दशमीको दिन टिका संगै लगाउने जमरा आज घरको घाम नछिर्ने कुनामा रोपिन्छ । आज हिन्दु धर्मावलम्वीहरुले आ-आफ्नो  पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।  घटस्थापनाको सुभसाइत आज बिहान १० बजेर ४५ मिनेटमा रहेको छ  ।

आज देशभरमा हिन्दुपिठ हरुमा भक्तालुहरुले पुजा अर्चना गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु