दाङमा ४५ किलो चरेससहित चारजना पक्राउ

असोज ८ । दाङ, प्रहरीले ४५ किलो लागुऔषध चरेससहित चारजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही नगरपालिका-६ गिठेपानीकी ४३ वर्षकी दिलकुमारी पुन, घोराही नगरपालिका-८ की ३५ वर्षकी बागेश्वरी घर्ती, घोराही नगरपालिका-१० का ३९ वर्षका प्रेमधन रोका र सोही ठाउँका ४७ वर्षका श्रीधन बुढा रहेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खिनुप्रसाद आचार्यलेउनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको जानकारी दिनु भयो ।

पक्राउ परेका चारैजनाका बारेमा थप अनुसन्धान भइरहेको र उनीहरुलाई लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिनु भयो ।

केही समय पहिले ज्यान मार्ने उद्योगमा संलग्न भई फरार रहेका धर्ना-१ का कविराज डाँगी र उरहरी-८ का लालबहादुर चौधरी पनि पक्राउमा परेका हुन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु