सुनकोशी तालमा डुबेको सानिमा हाइड्रो पावर तत्काल संचालन हुन नसक्ने

असोज ३ ।चौतारा,जुरेमा गएको पहिरोको कारण सुनकोशीले डुबाएको सिन्धुपाल्चोकको सानिमा हाइड्रो पावर कम्पनी लिमिटेडको २ दशमलब ६ मेगावटको सुनकोसी साना जलविद्युत आयोजना तत्काल सञ्चालन हुन नसक्ने गरी क्षतिग्रस्त भएको छ ।

३७ दिन तालमा डुवेकोआयोजनाको विद्युतगृह,टर्वाइन,स्विच यार्ड,पेनस्टक,पाइपलगायतको संरचनालाई बालुवा र माटोले पूर्ण रुपमा क्षति पुर्याएको छ ।
विद्युतगृहभित्रका सबै मेसिन बालुवाले पुरिएका छन् । ट्रान्समिसन लाइनका १४ वटा पोल पुर्ण रुपमा क्षतिग्रस्त छन् । गत वर्ष करिव १३ करोड खर्चेर जीआरपीको बदला १ दशमलम ३ किमी पेनस्टक पाइप फेरिएको थियो । त्यसमा समेत क्षति पुगेको छ ।
सानिमाका हाइड्रोका निर्देशक सुवर्णलाल श्रेष्ठका अनुसार सामान्य लगानी र मर्मतले उत्पादन सुरु हुने सम्भावना छैन । ताल खुलेको १० दिन वितिसक्दा पनि आयोजनाको एकिन क्षति अनुमान गर्न नसकिएको उहाले बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु