अमेरिकाले तीन हजार सेना लाइबेरिया पठाउने

भदौ ३१ ।न्युयोर्क,अमेरिकी राष्ट्रपति बाराक ओबामाले इबोला संक्रमित देश लाइबेरियामा ३ हजार अमेरिकी सेना पठाउने घोषणा गरेका छन् ।

इबोला भाइरससँग लड्न मद्दत पुर्याउने उद्देश्यले आफ्ना सेना लाइबेरिया पठाउने निर्णय गरिएको ओवामाको भनाइ छ ।

लाइबेरियाका राष्ट्रपति इलेन जोन्सन सिर्लेफले अमेरिकी राष्ट्रपति समक्ष इबोला संक्रमण रोक्नका लागि सहयोग गरिदिन आग्रह गरेपछि अमेरिकाले सेना पठाउने भएको हो ।

अमेरिकी सेनाले त्यहाँ नयाँ उपचार केन्द्र निर्माण गर्न तथा चिकित्सक र कर्मचारीको तालिमका लागि सहयोग पुर्याउने उल्लेख गरिएको छ ।

पश्चिम अफ्रिकामा फैलिएको इबोला संक्रमण रोक्नका लागि अन्तर्राष्ट्रिय चासो कम भएका कारण इबोलाले गम्भिर रुप लिएको अधिकारिहरुको भनाइ छ ।

इबोला संक्रमणका कारण हालसम्म पश्चिम अफ्रिकी मुलुकमा २४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जसमा आधा मानिस लाइबेरियाका रहेका छन् । इबोला संक्रमण रोक्नका लागि संयुक्त राष्ट्रसंघको जेनेभामा बैठक बस्ने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु