एफसी यू च्याम्पियनसिपमा नेपाललाई पछि पार्दै उत्तर कोरियाको अग्रता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भदौ २६ । काठमाडौं, एफसी यू-१६ च्याम्पियनसिपमा उत्तर कोरियाविरुद्धका जारी खेलमा नेपाललाई पछि पार्दै कोरियाले ४-१ गोल अन्तरको अग्रता लिएको छ ।

खेलमा नेपालले चौथो मिनेटमा नै गोल खाएको थियो । १२ औं मिनेटमा नेपालका कप्तान विमल घर्तीमगरले गोल गर्न नसकेपछि कोरियाले अग्रता लिएको हो ।

१५ औं मिनेटका कोरियामा हाङ क्वाङको प्रहार पोलमा लाग्दा नेपाल दोस्रो गोल खानबाट बच्यो । तर, २३ औं मिनेटमा अमित तामाङको गल्तीको फाइदा उठाउँदै कोरियाले अग्रता दोब्बर पार्‍यो ।

खेलको २६ औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिए । तर, लगतै कोरियाका हान क्वाङले गोल गर्दै कोरिलाई ३-१ को अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै कोरियाले गोल थप्यो ।

नेपाली गोलरक्षक अघि बढेको मौकामा कोरियका खेलाडीले हेड गोल गर्दै पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

अर्को वर्ष यू-१७ विश्वकप खेल्ने सम्भावना जिवितै राख्ने नेपाललाई आज कम्तिमा बराबरी चाहिन्छ ।

हारले भने नकआउट चरण प्रवेशको सम्भावना लगभग सम्माप्त हुनेछ । हारका बाबजुत अघिल्लो चरण प्रवेशका लागि कुवेतले उज्वेकिस्तानलाई ठूलो अन्तरले हराउनुपर्छ ।

51 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु