चितवनमा भएको बस दुर्घटनामा १० जना गम्भिर घाइते

भदौ २६ ।चितवन,इलामबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७१३७ नम्बरको बस चितवनको दारेचोक–३ कुरिनटारमा आज दुर्घटना हुँदा

१० जना यात्रु घाइते भएका छन् ।

बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको र अहिले उद्धारकार्य जारी रहेको छ । घटनाको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

भदौ २६ ।काठमाडौ,आगामी आइतबार देखि काठमाडौमा सुरुहुने नेपाल विद्यार्थी संघको महाधिबेशनको लागि भैरहेको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी आइतबार देखि काठमाडौमा सुरुहुने महाधिबेशनकालागि अहिले सम्म ७५ मध्य ६५ जिल्लाको अधिबेशन सम्पन्न भइसकेको र बाँकी जिल्लाहरुमा पनि भोली सम्ममा अधिबेशन सकिने नेविसंघले जनाएको छ ।

लामो समयसम्म हुन नसकेको सङ्घको महाधिवेशन यसपटक भने अनिवार्य सम्पन्न गर्ने सङ्घको लक्ष्य र मातृ पार्टी नेपाली काँग्रेसको निर्देशन भएसँगै सङ्घले अधिवेशनको तयारी तीव्र बनाएको हो ।

महाधिवेशनकै लागि काठमाडौँ उपत्यकाका क्याम्पसको अधिवेशन पनि दुई, तीन दिनभित्रमा नै सम्पन्न गर्ने लक्ष्य नेविसङ्घले राखेको छ ।

अधिवेशन हुन बाँकी अन्य १० जिल्लामा भने सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र नभएमा नेतृत्व चयनलाई थाँती राख्दै महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।
काठमाडौँको वाल्मिकी क्याम्पसमा उद्घाटन हुने महाधिवेशन त्रिवि कीर्तिपुरमा बन्दसत्र हुने कार्यक्रम रहेको छ ।

देशभरबाट लगभग २५ सय प्रतिनिधि आउने महाधिवेशनका लागि लगभग एक करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यसको खर्च सम्पूर्ण रूपमा नेपाली काँग्रेसले संयोजन गर्ने र अधिवेशनका नाममा कोही कसले पनि चन्दा सहयोग उठाउन पाइने छैन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु