अमेरिकाको स्थाई बसोबास त्यागेर नेपालमा पशुपालन

देशमा केहि काम नभएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या दैनिक रुपमा आकाशीयको बर्तमान अवस्थामा झापाका दुई दाजुभाइ भने धेरैले सपनाको देश भन्ने गरेको अमेरिकाको पिआर समेतलाइ लत्याएर पशुपालन गरिरहेका छन्।PR

चार वर्षसम्म अमेरिकामा बसेर बचत गरेको रकम उनीहरुले देशमै ल्याएर त्यसको उपयोग गर्न थालेका हुन्र । पथरी शनिश्चरे नगरपालिका वडा नं ५ का ज्ञानेन्द्र भित्रिकोटी र योगेन्द्रले मोरङको पथरी शनिश्चरे नगरपालिकामा अत्याधुनिक गोठ बनाएर पशुपालन गर्नुभएको हो।

उहाँहरुले विदेशमा कुल्ली र लेबरकामबाहेक अरू काम नपाइएको भन्दै आफ्नै देशमा मालिक बन्ने अभियानमा लागेको बताइउनुभयो। दुवै दाजुभाइले वासिङ्टन डिसीमा होटलमा प्लेट सफा गर्ने काम गर्दै आउनुभएको थियो। उहाँहरुले भदौ पहिलो हप्तादेखि आफ्नै दुई बिघा जग्गामा ठूलो गोठ बनाएर पशुपालन गर्न थाल्नुभएको हो ।

अत्याधुनिक पशु फार्ममा २० वटा दुहुना गाई छन्। त्यहाँबाट उत्पादन हुने दूध पथरी बजारमा बिक्री हुने गरेको छ। दुहुना गाईबाट उत्पादित दूधबाटमात्रै दैनिक रु १५ हजार आम्दानी गर्ने गरेको भित्रिकोटीले बताउनुभेय्को हो।

फार्ममा बङ्गुर र बँदेलसमेत पाल्ने तयारी गरिँदैछ। विदेशमा काम गर्ने अवसर छ, पैसा छ तर नेपालमा जस्तो सामाजिक जीवन नभएको भित्रिकोटीको भनाइ छ।

प्रविधि प्रयोग गरेर कृषिमा लागे त्यसबाट ठूलो आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने शिक्षित बेरोजगार युवाको बीचमा भित्रिकोटी दाजुभाइ उदाहरणीय बन्न सक्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु