फेसबुकमा साथीको वेइज्वत गर्न खोज्ने राजेश पौडेल पक्राउ

भदौ २३ ।काठमाडौँ,वेइज्वत गर्ने मनसायले आफ्नै केटी साथीको तस्बिर फेसबुकमा राखेर रकम असुल्न खोजेको आरोपमा प्रहरीले राजेश पौडेललाई पक्राउ गरेको छ ।

महानगरिय प्रहरी प्रभाग काठमाडौँले एउटै कक्षामा पढ्ने सहपाठीको तस्बिर सामाजिक सञ्जालमा विकृत पारी रकम असुल्न खोजेको आरोपमा राजेश पौडेललाई पक्राउ गरेको हो ।

कीर्तिपुर नगरपालिका-१ बस्ने पौडेलले महिला साथीको मोबाइलमा रहेको तस्बिर दुरपयोग गरी अश्लिल बनाई सामाजिक सञ्जालमार्फत प्रकाशित गरी दिन्छु भन्दै पटक-पटक धम्की दिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कुमार भण्डारीले जानकारी दिनुभयो ।

पौडेलले सहपाठीलाई इमेलबाट रु ६ हजार माग गरेका थिए । महाशाखाले उनलाई यही भदौ २० गते पक्राउ गरे पनि विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि आइतबार महानगरिय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु