प्रतिबन्धित औषधि तस्कर गर्ने पक्राउ

भदौ २२, काठमाडौँ-  नेपालमा प्रतिबन्ध गरिएको कोरेक्सको नामको झोल औषधी सीमावर्ती भारतीय बजारबाट नेपालका विभिन्न ठाउहरुमा तस्करी गरि पुर्याउने गरेको पाईएको छ।उक्त औषधी लगुउसधका रूपमा रुपमा दुरुपयो हुन थालेपछि नेपालमा प्रतिबन्ध गरिएको थियो।

कोरेक्स औसधि सिमावर्ती भारतीय बजार रुपैडीहामा सजिलै उपलब्ध हुने भएकाले तस्कर हरुले तस्कर गरि मध्यपश्चिमका पहाडी जिल्लाहरुमा समेत पुर्याएको प्रहरीले जनाएको छ।सय सिसि कोरेक्स औसधि सहित दैलेख जगनाथ ९ का सूर्यबहादुर थापालाइ शुक्रबार प्रहरीले  पक्राउ गरेको छ ।तेसैगरी पक्राउ पर्नेमा अछाम कालिकास्थान ७ का एकेन्द्र कठायत र भारत बहराइच बस्ने मुजफर शेष पनि रहेका छन्। प्रहरीले कोरेक्स सेवनकर्तालाई समेत  पक्राउ गर्न थालेको  बाँकेका प्रहरी प्रमुख शेखर कोइरालाले बताउनुभयो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु