कतारमा बेपत्ता २ नेपाली अधिकारकर्मीलाई हिरासतमा राखिएको पुष्टी

भदौ २२, काठमाडौँ- कतारमा रहेका आप्रबासी कामदारको स्थिति बारे डकुमेन्ट्री बनाउन गइ एक सातादेखि बेपत्ता रहेका दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीले पुष्टि गरेका छन् । उनीहरुलाई कतारी प्रहरीले नियन्त्रणमा लिएको कतारले पुष्टि गरेको हो ।

कतारी अधिकारीले हिरासतमा राखेका नेपाली अधिकारकर्मीहरु घिमिरे र उपाध्याय
कतारी अधिकारीले हिरासतमा राखेका नेपाली अधिकारकर्मीहरु घिमिरे र उपाध्याय

ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत दुई नेपाली कृष्ण उपाध्याय र गणदेव घिमिरेलाई कतारको कानुन उल्लंघनको आरोपमा सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए ।

कतारको विदेश मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै दुईजना विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई हिरासतमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरी राखिएको विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

कतारस्थित वेलायती कन्सुलरका अधिकारीहरुले उपाध्याय र घिमिरेको अवस्थाबारे बुझेको बताइएको छ ।

‘भदौं १५ गते पक्राउ परेका उपाध्यक्ष र घिमिरेलाई कतारको काशि नुन उल्लंघन गरेकाले सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको छ’, विदेशमन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।

उनीहरुको अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको कतारी अधिकारीले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु