पहिरोले बनाएको सुनकोशी तालको बाँध फुट्यो: १८ मिटर पानीको सतह घटेको अनुमान

भदौ २२, काठमाडौँ- सेनाको लगातारको विस्फोटले कमजोर बनेको पहिरो गएर सुनकोशीमा बनेको प्राकृतिक बाँध भत्कि‌एर तालबाट पानी बाहिरिएको छ । सिन्धुपाल्चोकको म‌‌ांखमा जमेको ताल १० देखि १२ मिटरसम्म घटेको बाह्रविसेस्थित प्रहरीले जानकारी दिएको छ ।

पहिरोले बनेको बाँध फुटेपछि सुनकोशी तालबाट निस्केको पानी (तस्बिर: नागरिक न्युज)
पहिरोले बनेको बाँध फुटेपछि सुनकोशी तालबाट निस्केको पानी (तस्बिर: नागरिक न्युज)

गत साउन १७ गते गएको पहिरोका कारण सुनकोशी थुनिएर बनेको तालमा पानीको सतह घटेपछि पानीमा डुबेका  हाइड्रोपावरका संरचनाहरु पनि देखिएको छ । लगातार पानी परेका कारण शनिबार मध्यरातमा बाँध भत्किएर पानी निकास हुन थालेकाे हो । तालभन्दा तल्लको भागमा पानीको बहाव बढेपनि स्थिति सामान्य रहेको बताइएको छ । अरनीको राजमार्गमा दुवै तर्फ यातायात बन्द गरिएको छ ।

सेनाले नियन्त्रित रुपमा पानीको बहाव गराउनका लागि विष्फोटन गराउँदै आएको थियो । विष्फोटनका कारण कमजोर बनेको बाँध पानी परेपछि भत्किएको हुनसक्ने अनुमान गरिएको छ । बाँध भत्किएर बगेकाे पानीले सेनाको एउटा स्काभेटरसमेत बगाएको छ । बाँध फुटेर गएको पानीले तल्लो तटीय क्षेत्रमा क्षति गरे नगरेको खबर भने आउन बाँकी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु