धाँमीको पेट अप्रेसन गर्दा ४ वटा घण्टाको रालो फेला

भदौ २० ।जुम्ला,जिल्लाको महावैपाथरखोला गाविस-१ का धामी पेशा गर्ने जनक बहादुर शाहीको पेटबाट १० देखि १५ सेन्टिमिटर लामा ४ वटा घण्टाको रालो निकालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ४७ वर्षीय शाहीको पेटबाट घण्टाको रालो शल्यक्रिया गरी निकालिएको हो ।

देउता आएको बेला निलेका ४ वटा रालो साँढे २ घण्टा लामो शल्यक्रियाबाट निकाल्न सफल भएको मेडिकल डाइरेक्टर निरेश थापाले बताउनुभयो ।

हिजो साँझ ६ बजे उपचारका लागि आउनु भएका शाहीको पेटमा एक्सरे गरेर हेर्दा फलामको टुक्रा देखेपछि शल्यक्रिया गरेर निकालिएको उहाँको भनाइ छ ।

चारवटै रालो शल्यक्रियाका लागि प्रयोग गरिने चक्कुभन्दा लामा छन् ।

दुई वटा रालोले ठूलो आन्दा छेडेर बाहिर निस्किएको अवस्थामा भेटिएको डाक्टर थापाले बताउनुभयो ।

अहिले बिरामी खतरामुक्त रहेको र आन्द्रा समेत काटेर जोड्नु परेकाले बिरामीलाई खाना खान नदिइएको उहाँको भनाइ छ ।

बिरामी जनक बहादुर शाहीले भने देउता आएको बेलामा अहिलेसम्म पटकपटक गरी ३ सय ५ वटा रालो खाइसकेको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु