निर्देशन विपरित सातजना सभासद् मलेसिया जादै

भदौ २० । काठमाडौ,संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिएको बेलामा सातजना सभासद् आज मलेसिया जान लागेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानको मस्यौंदा तयार नभएसम्म जिल्ला समेत नजान निर्देशन दिइसक्नु भएको छ ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा कांग्रेसका कमला पन्त, जगदीश्वरनरसिंह केसी, नेकपा मालेका सीपी मैनाली लगायत सात जना सभासद मलेसिया जान लागेका हुन ।

एमाओवादीले भने आफ्नो सभासदलाई विदेश जान रोक लगाएको छ । एमाओवादीका शक्ति बस्नेतको नाम विदेश जानेको सूचीमा भए पनि प्रमुख सचेतक गिरिराजमणी पोखरेलले नजान निर्देशन दिनु भएको छ । पोखरेलले संविधानका विषयमा सहमति गर्न गृहकार्य भइरहेको अबस्थामा सभासदहरु विदेश जान नहुने जिकिर गर्नु भयो ।

संविधानका विवादि विषयमा शनिबारसम्म सहमति नजुटे प्रक्रिया अनुसार अगाडि बढ्ने बेलामा सभासद्हरु विदेश यात्रामा निस्कन लागेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु