१० लाख घुस लिएको पुष्टि भएपछी अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

भदौ १८ ।काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अधिकृत शम्भुप्रसाद चालिसेले ललितपुरकी मुनु गुरुङविरुद्धको मुद्रामा निर्मलीकरणसम्बन्धी मुद्दा तामेलीमा राख्न रु १० लाख घुस लिएको पुष्टि भएकाले निजविरुद्ध त्यति नै रकम बिगो दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अभियुक्तले केही दिनअघि ललितपुरस्थित श्रीमती गुरुङको घरबाट रु १० लाख घुस लिँदालिँदै आयोगको विशेष टोलीले पक्राउ गरेको थियो ।

आयोगको अनुसन्धानबाट उनी दोषी ठहरिएकाले निजविरुद्ध आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु