संविधानसभाले मात्र संविधान जारी गर्न सक्छ : उपप्रधानमन्त्री गौतम

भदौ १८ ।काठमाडौ, नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले संविधानका अन्र्तबस्तुमा सहमति खोज्न सर्वपक्षीय सम्मेलन गर्न सकिने तर संविधान भने संविधानसभाले नै जारी गर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत गृहमन्त्रालयमा आज अध्यक्ष ऋषि धमलासँग ज्ञापन पत्र बुझ्दै गौतमले नेकपा-माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने बताउनु भयो ।

गृहमन्त्री गौतमले संविधान सभाभन्दा बाहिर गएर कुनै पनि काम गर्न नसकिने उनले प्रष्ट पार्नु भयो ।

उहाले उच्चस्तरीय राजनीतिक समिति गठनको सहमति भईसके पनि एमाओवादीले संसद अवरुद्ध पारिरहनु आपत्तिजनक भएको ठहर गर्नु भयो ।
उच्चस्तरीय राजनीतिक समितिको जिम्मेवारी भनेको शान्ति प्रक्रियालाई टुँगाउने मात्रै भएकोले यसले संविधान सभालाई कमजोर पार्ने र अर्को शक्तीकेन्द्रको रुपमा यसको गठन हुन नहुने धारणा राख्नु भयो ।
गौतमले दलहरुले सहमतिमै तालिका बनाएकोले तालिकाअनुसार नै संविधान निर्माण कार्य अघि बढ्ने दावी गर्दै दलहरुवीच सहमतिको प्रयास अघि बढीरहेकोले सहमति भए त्यसै अनुसार नभए प्रक्रियाबाट जाने स्पष्ट पार्नु भयो ।

उहाले नेपाली काग्रेसले भने जस्तो सुधारिएको संसदीय ब्यवस्था आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पार्दै सबैको मिलन विन्दुको रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको शासकीय स्वरुप हुने विश्वास ब्यक्त गर्नु भयो । गौतमले संघीयता पनि बढीमा ७ वटासम्म हुनु पर्ने आफ्नो धारणा राख्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु