अपराधमा प्रयोग भएका पुराना सवारीसाधन लिलामबाट २ लाख बढी असुली

भदौ १८ ।भक्तपुर,भक्तपुर जिल्ला अदालतले विभिन्न अपराधमा प्रयोग भई थन्किएर रहेका पुराना सवारीसाधन लिलाम गरेको छ ।

१५ वर्षभन्दा अघिदेखि हालसम्मका चोरी, कर्तव्य ज्यान, अपहरण लगायत विभिन्न अपराधमा प्रयोग भई प्रहरीले नियन्त्रणमा लिई दसीप्रमाणसहित अदालतमा ल्याइएका सवारीसाधन लिन कोही नआएपछि अदालतले लिलाम गरेको अदालतका तहसिलदार दिलीपराज पन्तले जानकारी दिनुभयो ।

यस्ता सवारीसाधन आफ्नो भएको दाबी गर्न कोही नआएपछि थन्किएका सवारीसाधन लिलाम गर्नुअघि फिर्ता लिन आउन तीनमहिने सूचना जारी गरेको थियो ।

तीनमहिने सूचना जारी गर्दा पनि कोही नआएपछि अदालतले १२ थान मोटरसाइकल र एक थान गाडी लिलाम गरेको पन्तले बताउनुभयो । अदालतले लिलामबापत रु दुई लाख १२ हजार ५०१ रकम असुली गरेको छ ।

असुली गरेको रकम सम्बन्धित सवारीधनीले एक वर्षभित्र लिन आएमा लिलामबाट असुली भएको रकम फिर्ता दिइने र एक वर्षसम्ममा पनि कोही नआएमा रकम राजस्वमा दाखिला गरिने उहाँले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु