मनाङलाई पराजित गर्दै झापा एन्फा कपको सेमिफाइनलमा

भदौ १७ ।काठमाडौ,झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ ।
आज भएको उद्घाटन खेलमा विशाल राई ए को दुई गोलको सहयोगमा मनाङलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा झापाले १३ औं मिनेटमा विशालको गोलमा अग्रथा लिएको थियो ।

मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै विशालले गोल गरे ।

खेलको ५३ औं मिनेटमा दिपक राईले मनाङका लागि बराबरी गोल गर्नु भयो ।

तर, ६८ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्नु भयो । ७३ औं मिनेटमा निराजन मल्लको प्रहार झापाका गोलरक्षक निरेन लिम्बुले गोललाइनबाट बचाउनु भयो ।

खेलमा थप गोल हुन सकेन र मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । ए डिभिजनका ६ र मोफसलका दुई क्लबले सहभागिता जनाएको प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । विजेताले १० लाख पाउने एन्फाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु