बर्षकै उत्कृष्ठ गजलगित बन्यो ‘मर्ने कसैलाई रहर हुँदैन’

गोपिकृण्ण चापागाई, काठमाडौं । बर्षकै उत्कृष्ठ गजलगित “मर्ने कसैलाई रहर हुँदैन” ले राष्ट्रिय गजल अवार्ड पाउन सफल भएको छ ।

बर्षकै उत्कृष्ठ गजलगित बन्न सफल सो गीतका रचनाकार बरिष्ठ गजलकार डा. कृष्ण हरी बराल लाई सम्मानीत गरीएको थियो । त्यस्तै गायनतर्फ एउटा मान्छे गजल गीतबाट बरिष्ठ गजलकार निशा देशार लाई सम्मानीत गरीएको थियो ।

भने संगीत तर्फ एउटा मान्छे गजलगितका बरिष्ठ संगितकार दिपक जंगम सम्मानित हुनुभएको थियो ।

राजधानीको दरबार म्युजिक क्लब एण्ड रोधीघर लाजिम्पाटमा शनिबार रापती समाज काठमाडौंले आयोजना गरेको दोस्रो गजल गायन प्रतियोगिता सो अवार्ड दिइएको हो ।

गजल प्रवद्र्धन मोतिराम भट्टको सम्मानार्थ एवं दाङका बाढी पिडितहरुको लागि सहयोगार्थ आयोजीत सो कार्यक्रम मोति जयन्तीको अवसर पारेर आयोजना गरीएको हो ।

कार्यक्रममा बरिष्ठ गजलकार ललीत जंग रावल प्रमुख अतिथिमा रहुनभएको थियो । त्यस्तै सभापतिको आवसन ग्रहणमा रापती समाजका अध्यक्ष ससी शर्मा बजगाँई हुनुहुन्थ्यो । त्यसतै गरी अतिथिमा अन्य थुप्रै अतिथिको रुपमा आसन गराइथ्एको थियो ।

आठ बर्ष देखि बिभिन्न सामाजीक कार्य गर्दै आएको, रापती समाज काठमाडौंले नेपालमै पहिलो पटक गजल गायन प्रतियोगिमा राखेको हो र यो प्रतियोगता दास्रो गजल गायन प्रतियोगिता हो । दिउँसो २ बजे सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रबिन कुमार रेग्मीले स्वागत मन्तव्य दिनु भयो ।

कार्यक्रममा बरिष्ठ गायक पुर्ण भण्डारी पंकज अभिनन्दित हुनुभएको थियो । त्यसतै कार्यक्रमका सहभागि दश प्रतियोगिहरुको गजल सुन्नुभन्दा पहिले गतबर्षका प्रथम प्रतियोगी शरद सागर अधिकारी लाई सम्मान एवं उनको गतबर्षको गजल सुनेर अन्य प्रतियोगीहरुको गजल सुनिएको थियो ।

प्रतियोगिहरु मध्ये प्रथम हुनुहुनेमा सुधा रत्न रहनुभएको छ । उहाँलाई प्रमाणपत्र, पुरस्कार र सम्मान गरीकाएको थियो । उहाँले गाएको गजलमा रबिन गिरीको शब्द रहेको थियो भने गोबिन्द मधुर आचार्यको संगित थियो र बोलथियो भूल्न तिमीलाई । त्यसतै द्धितिय स्थान ओगट्न सफल बिपिन घिमिरेलाई प्रमाणपत्र, पुरस्कार र सम्मान गरीएको थियो ।

त्यस्तै तृतिय स्थानमा सुदिप बरालले ठाउँ ओगट्नु भयो भने सान्तवना गोपाल तापाङले पाउनुभएको थियो ।

त्यस्तै अन्य ६ प्रतियोगीहरु केशब अधिकारी, अंकीत न्यौपाने, गोपाल अधिकारी, संगीता तिमील्सिना, बिण्णु पराजुली र रकेश ओली लाई कदर पत्र प्रदान गरीएको थियो । र सँग सँगै उत्कृष्ट शब्द र उत्कृष्ट संगितकार लाई पनि सम्मान गरीएको थियो जसमध्ये उत्कृष्ट शब्दद्धारा सम्मान हुनुहुनेमा धनलाल गोपजी र उत्कृष्ट संगित तर्फ मुद राना रहनुभएको थियो ।

प्रतियोगिताको अवधिभर जजको भूमिकामा बरिष्ठ गजलकार रबि पाङजन र बरिष्ठ गायक नरेन्द्र प्यासी रहनुभएको थियो । कार्यक्रमको अन्तिममा नेपालमै निकै रुचाइएको गायक नरेन्द्र प्यासीको सुमधुर स्वरद्धारा गित सुनेर कार्यक्रमको समापन गरीएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु