दसैँ तिहारका लागि भदौ २५ गतेदेखि टिकट बुकिङ: ६ सय नयाँ बस पनि थपिने

भदौ १६, काठमाडौँ- नेपालीहरुको महान चाड दसैं, तिहारमा र छठमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गरी ६ सय नयाँ बस थपिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रु चापका आधारमा ठूला र मिनी बस थप्‍ने तयारी गरेको हो। नयाँ बसहरु असोज १ गतेदेखि राजधानीबाट मुलुकका विभिन्‍न स्थानमा सञ्‍चालनमा ल्याइने महासंघले जानकारी दिएको छ।bus

दसैंको समयमा दैनिक एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले हाल सञ्‍चालित बसले यात्रु चाप थेग्न सक्ने अवस्था नभएकोले करिब दुई अर्ब रुपैयाँ लगानी गरेर नयाँ बस थप्न लागेको महासंघको दाबि छ ।

चाडबाडको समयमा सबैभन्दा बढी पूर्वी जिल्लाका सडकमा यात्रुको बढी चाप हुन्छ। दसैं र तिहारमा यात्रुको चाप हुने बुटवल, वीरगन्ज, विराटनगर, झापा, बिर्तामोड, इलाम, राजविराज, सिराहा, पोखरा, नेपालगन्ज, जनकपुर, बनेपा, भैरहवा, चितवनलगायतका रुटमा बसको संख्या सामान्य दिनभन्दा झन्डै पाँच दोब्बर थपिनेछ।

गत वर्ष ३० लाख सर्वसाधारण दसैं मनाउन गृहजिल्ला पुगेको व्यवसायीको अनुमान छ।

टिकट बुकिङ भदौ २५ गतेदेखि

बस व्यवसायी महासंघले भदौं २५ गतेदेखि लामो दूरीका लागि बसको अग्रिम टिकट काट्ने व्यवस्था गरेको छ। अग्रिम टिकट बुकिङका लागि यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगी भूमिका निर्वाह गर्न सरकारले जिम्मेबारी दिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालका अनुसार सरकारले यात्रुको सुविधाका लागि राजधानी र उपत्यकाबाहिर यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको छ।

यसअनुसार भदौ २४ गतेदेखि कात्तक १५ सम्मका लागि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा, उपत्यकाबाहिर काँकडभिट्टा, इटहरी, लहान, ढल्केबर,
पथलैया, अत्तरिया, कञ्चनपुर, कोहलपुर, लमही, बुटवल, भरतपुर र पोखरामा यात्रु सहायता कक्ष स्थापना गरिनेछ।

सरकारले टिकट काट्ने काउन्टरमा खटिने कर्मचारीले पहिचान खुल्ने गरी अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था पनि गरेको छ। सक्कली परिचयपत्र हेरेर मात्रै बसको टिकट काट्न सरकारले सर्वसाधारणसँग आग्रह गरेको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु