सरोकारवाला र पाठकहरुको अनुरोध पछि कान्तिपुर पब्लिकेशनमा भएको आन्दोलन स्थगित

काठमाडौँ,संवादबाट समस्या समाधान गर्ने आश्वासन पाएपछि अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना तथा प्रकाशन मजदुर सङ्घले कान्तिपुर पब्लिकेशनमा गर्दै आएको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

पब्लिकेशनका प्रकाशन बिक्री वितरणमा भएको अवरोधबाट पाठक वर्गमा पर्न गएको असुविधा र लाई समेत मध्यनजर गर्दे सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको सङ्घद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले आफ्ना मागलाई सकारात्मक रुपमा लिने अपेक्षासमेत गरेको छ ।

आन्दोलनका क्रममा गिफ्तार गरिएका श्रमजीवीलाई तत्काल बिनासर्त रिहाइ गरी पुनःवाहली नगरेको खण्डमा आन्दोलन जारी राख्ने सङ्घको भनाइ छ ।

पब्लिकेशनले सूचना जारी गर्दै छलफल र संवादका माध्यमद्वारा समस्या समाधान गर्न तयार रहेको जनाएपछि आन्दोलन स्थगित भएको हो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु