तातोपानी नाकाबाट १६ केजी अवैध सुन बरामद

भदौ १४ ।सिन्धुपाल्चोक, नेपालको-चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट प्रहरीले २९ दिनको अवधिमा १६ केजी अवैध सुन बरामद गरेको छ ।

साउन १७ गते सिन्धुपाल्चोकको मांखा गाविसमा पहाडै खसेर सुनकोशी थुनिएपछि अरनिको राजमार्गको लामुसाँघु-बाह्रबिसे सडक खण्ड अवरुद्ध भएयता सशस्त्र प्रहरी र नेपाल प्रहरीले ब्यक्तिलाई चेकजाँच गर्ने क्रममा सुन बरामद गरेको हो ।

राजमार्ग अवरुद्ध नहुदाँ गाडीमै सुन ओसारपसार हुने गरेपनि महिनै सम्म राजमार्ग सञ्चालनमा नआउने भएपछि व्यक्तिले शरिरका विभिन्न मागमा लुकाई छिपाई ल्याउँदै गरेको सुनसहित ब्यक्ति पक्राउ पर्ने क्रम बढी रहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय लामुसाँघुका एसपी लक्षम बहादुर सिंहले बताउनुभयो ।

बरामद सुन र पक्राउ परेका ब्यक्तिलाई प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाउने गरेको छ ।नाकामै रहेको सशस्त्र प्रहरीले शंकास्पद ब्यक्तिको चेकजाँच र निगरानी बढाएको एपी सिंहले बताउनुभयो ।

यसैबीच चाडवाड नजिकिदै जाँदा बढ्न सक्ने तस्करीलाई रोक्न सशस्त्र प्रहरीले नाकामा आफ्नो सक्रियता अझ बढाएको छ ।

नेपाल प्रहरीले साविकै लार्चा बाहेक अहिले हेलिकप्टर अवतरण हुने कोदारी क्षेत्रमा समेत चेकजाँच गरिरहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु